आगामी तीन दिनको मौसम पूर्वानुमान

अखबार हब
२०७८ आश्विन २६, मंगलवार ०७:३१

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ आश्विन २६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू–भागको एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू–भागका वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ आश्विन २७ गते (बुधबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ आश्विन २८ गते (विहीबार)

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती :  देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती  प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*