तरुण दल हेटौँडा ८ को अध्यक्षमा पौडेल
मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन दरुण दल हेटौँडा ८ को अध्यक्षमा अच्युतम पौडेल चयन भएका छन् । आज बुधबार हेटौँडा ८ मा भएको वडा भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्र बहादुर बानीँयाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दरुण दल हेटौँडा ८ को नयाँ नेतृत्व चयन गरेको हो । हाल अध्यक्ष मात्र चयन गरेको भेलाले समितीका अन्य पदाधिकारी र सदस्यहरु दसैँ पछि हुने भेलाले चयन गर्ने नवनिर्वाचित अध्यक्ष अच्युतम पौडेलले जानकारी दिए ।







