मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा खसेर एकको मृत्यु

अखबार हब
२०७८ आश्विन २७, बुधबार ०८:३६

मकवानपुर। मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा पिङ्बाट लडेर एक जनाको मृत्यु भएको छ।सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका-६ माण्डुमा दशैँको लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु गएको हो ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-६ माण्डुकै ५३ वर्षीय प्रेम लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।लामा पिङको लठ्ठा बाध्ने क्रममा खसेका थिए। लडेर घाइते लामालाई तत्काल उद्धार गरेर अस्पताल लगिएकोमा उपचारका क्रममा सोमबार राती हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*