समाचार
नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते
काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए । भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर...
गृह मन्त्रालयले गर्यो सीडीओहरुको सरुवा
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा...
७६ वर्षीय पतिले लात्तीले हान्दा ६१ वर्षीया पत्नीको मृत्यु
काठमाडौँ । रसुवामा एक वृद्धले आफ्नी पत्नीको हत्या गरेका छन्। नौकुण्ड गाउँपालिका ५ भोर्ले डाँडाटोलका ७६ वर्षीय बुधे गाङतानले आफ्नै ६१ वर्षीया पत्नी बाटुलीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी देवेन्द्र पाण्डेका अनुसार घरायसी विवादमा बुधेले आइतवार पत्नीलाई लात्तले हानेका थिए। पतिले लात्तीले हान्दा बाटुली आँगनमा बजारिएर...
आज पनि मान्यजनबाट दसैंको टीका र जमरा ग्रहण गरिँदै
आज पनि मान्यजनबाट दसैंको टीका र जमरा ग्रहण गरिँदै । नेपालीहरुको महान पर्व बडादसैंको टीका र जमरा मान्यजनको हातबाट लगाइँदैछ । शुक्रबार नै विजयादशमी भए पनि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशिर्वाद लिने दिने चलन रहेको छ । विजयादशमीमा टीका लगाउन नभ्याएका र...
पिध बिनाको लोटा नेपाली फुटबल
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप नेपाल पहिलो पटक फाईनल प्रवेश गरेर इतिहास बनाएको छ। नेपाली फुटबल जगत फेरी एकपटक तातेको छ।भोलि(शनिबार) बेलुका हुने भारतसँगको फाईनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सुरु हुन केहि समय अघिमात्र जुरमुराउने अनि प्रतियोगिता सकिएपछि सेलाउने प्रवृत्ति नेपाली फुटबलको परम्परानै बनेको छ भन्दा...
दशैंले सकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गरोस् : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना दिँदै नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको अवसरमा दशैं मनाइने भन्दै उनले दशैंले जातिय, भाषिक, भौगोलिक, सामाजिक र...
दशैंले सबै नेपालीको मुहारमा खुसी ल्याओस् – प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना गरेका छन् । उनले राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज...
गुल्मीमा जीप दुर्घटनामा तीन जनाको मृत्यु
गएराति जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका २ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका...
आज विजया दशमी : टीकाको साइत १० बजेर २ मिनेटमा
काठमाडौं । आज विजयादशमी । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरूको ठूलो चाड हो दशैँ । यतिबेला घर–घरमा दशैँ आएको छ । एक वर्षको प्रतीक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । शरद...
आज महानवमी, सिद्धिदात्री देवीको पूजा गरिँदै
काठमाडौं । नवरात्रको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि...








