समाचार
हेटौंडामा बढी भाडा लिने बसलाई पक्राउ,टाटा सुमोलाई भने प्रहरीको छुट
मकवानपुर । हेटौंडाबाट काठमाडौं जाने यात्रुसंग तोकिएको भन्दा बढी भाडा लिने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । बसमा चढाएर काठमाडौं पुर्याउने भन्दै बढी भाडा लिने दुइजनालाई प्रहरी पक्राउ समेत गरेको छ । बसलाई नियन्त्रणमा लिएर जरिवाना समेत गरेको छ । तर, हेटौंडा–काठमाडौं चल्ने टाटासुमोले तोकिएको भन्दा दोब्बर भाडा...
कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मी सरुवा गर्ने शाखा अधिकृत गजुरे सरकारी सेवाबाट बर्खास्त
काठमाडौं । कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त भएका छन्। उनी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई...
सिन्धुपाल्चोकमा एकै दिन चारपटक भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६...
आज कोजाग्रत पूर्णिमा, १५ दिनसम्म मनाइएको दसैं समापन
आज कोजाग्रत पूर्णिमा, नेपालीहरूको महान पर्व बडादसैं आजैबाट समापन हुँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैंको अन्तिम दिन पनि जारी छ। आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै...
नुवाकोट बस दुर्घटना : एकको मृत्यु, ३४ जना घर फर्किए
नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो । ३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...
चाडबाडको मौका छोपी दोब्बर भाडा असुल्दै हेटौँडाका सुमो,प्रशासन मौन
मकवानपुर। हेटौँडा–भीमफेदी–काठमाडौं चल्ने टाटा सुमोले मनपरी भाडा असुल्दा यात्रुहरु मारमा परेका छन् । बर्सेनि चाडबाडको मौका छोपी हेटौँडा – काठमाडौं चल्ने सुमोले ३ गुणा बढी भाडा असुल्ने गर्छन् । यसपालि पनि दसैँ अघिदेखि नै काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने यात्रुले सुमोको मनपरी भाडा तिर्न बाध्य बनेका छन्...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक पाङफुङ क्षेत्र केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्यूडको धक्का महसुस भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । दिउँसो १ः४६ बजे भूकम्पको धक्का महसुस भएको थियो ।
राजनीतिक गुरु वैद्यलाई भेट्न प्रचण्ड नर्भिकमा
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । दमको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत वैद्यलाई अस्पतालमै भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना समेत गरेका छन् । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलका अनुसार लामो समयदेखि...
दशैं अवधिभर मकवानपुरमा २३ वटा सवारी दुर्घटना,५ को मृत्यु र ४६ जना घाईते
मकवानपुर । दशैं अवधिभर मकवानपुरका विभिन्न स्थानमा २३ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४६ जना घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले दिएको जानकारी अनुसार दशैंको घटस्थापना देखि टीकाको तेस्रोदिन सम्म जिल्लाको विभिन्न सडक खण्डमा २३ वटा सवारी...
बागमती सरकारले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागू, उपत्यकामा न्यूनमत १८ रुपैयाँ
काठमाडौं। बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । यस्तै १०...









