समाचार

तलब नबढेपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार ठप्प

बाँके । बाँकेको अस्पतालमा ५ वर्षदेखि तलब नबढाएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । कोहलपुर नगरपालिका ११, दश बिगाहस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु तलव भत्ताबृध्दिको मागसहित आन्दोलित भएका हुन् । कर्मचारी संगठनका संयोजक यमबहादुर खड्काको नेतृत्वमा अस्पतालका कर्मचारी संगठन, कर्मचारी संघ,नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको संयुक्त आयोजनामा...

बंगलादेशमा हिन्दू लक्ष्यित हमला, सामाजिक सञ्जालमा चर्को बिरोध

बंगलादेशमा जेहादी आतंकवादीहरुले हिन्दू धर्मावलम्बीलक्षित हमला गरेका छन् । हिन्दू धर्मावलम्वीहरुले नवरात्रीपश्चात् दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा उनीहरुले उक्त हमला गरेको बताइएको छ । जेहादी आतंकवादीको हमलामा १० जना हिन्दूले ज्यान गुमाएको विषयलाई लिएर नेपालमा बिरोध हुन थालेको छ ।आतंकवादीहरुले १० हिन्दूको हत्या, १८ हिन्दूलाई बेपत्ता,२३ हिन्दू महिलाहरूको बलात्कार,१...

कोसीमा पानीको बहाव उच्च, ब्यारेजका  ४२ ढोका खोलियो

मोरङ । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसेमा पानीको बहाव उच्च भएको हो । बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको...

विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित

काठमाडौँ । भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थल दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ । ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि...

धनकुटामा पहिरोले घर भत्किँदा ६ जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मंगलःबार राति खसेको पहिरोमा ६ जना घाइते छन् । मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ,...

पाँचथरमा पहिरोमा परी ५ जनाको ज्यान गयो,२ बेपत्ता

पाँचथर । अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५...

दसैँको अवधिमा दुर्घटनाबाट देशभर १६१ को मृत्यु

काठमाडौँ । दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी...

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।...

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका...

धरानमा पहिरोले पुरिएर दिदीभाइको मृत्यु

मोरङ । धरान १३ मा पहिरोमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १३ को नागेश्वर मार्गमा खसेको पहिरोले निशान राईको घर पुरिँदा उनका छोरा र छोरी बेपत्ता भएका थिए । बेपत्ता ७ वर्षकी निसु राई र ४ वर्षका निहान राईको शव...