समाचार

क्याम्पसमा मनोमानी ढंगले छात्रवृति बाँडिएको अनेरास्ववियुको आरोप, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा मापदण्ड विपरीत छात्रवृति बाँडिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध जनाएको छ । क्याम्पस प्रशासनले चौथो वर्षको छात्रवृति मनोमानी ढंगले वितरण गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीले प्रशासनलाई निर्णय सच्याइ नियम अनुसार छात्रवृति वितरण गर्न माग गरेको हो । आइतबार (आज) एक...

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

धादिङ । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । “गुडिरहेको बसमा अचानक आगलागी भयो । आगलागी सुरु भएपछि यात्रुलाई सुरक्षित तरिकाले बाहिर निकालियो । आगलागी भए पनि मानवीय क्षति...

मकवानपुरगढीको आत्महत्या प्रकरणः परिवार भन्छः ‘छोरालाई कुटेर मारे, प्रहरी भन्छः आत्महत्या

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा गत १९ भदौमा एउटा आत्महत्याको घटना घट्यो । स्थानीय एक युवाले आत्महत्या गरेको प्रहरी निश्कर्ष छ ।तर, मृतक युवकको परिवारले भने घटना घटेको लामो समयपछि स्थानीयले कुटपिट गरेर हत्या गरेको आरोप लगाएको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रानडाँडाका २१ वर्षीय रमेश विकले आत्महत्या गरेर ज्यान फालेको...

मउवा संघको साधारणसभा आजबाट : न्यौपाने, अग्रवाल र राउत मैदानमा

मकवानपुर । मकवानपुर उद्योग वाणिज्यको साधारणसभा आज आइतबारबाट सुरु हुँदैछ । कार्तिक ७, ८ र ९ गतेका लागि तोकिएको ५४ र ५५ औं साधारणसभा तथा निर्वाचन आजबाट सुरु गरिएको हो । गतवर्ष पुस मसान्तमै ५४ औं साधारणसभा सम्पन्न गर्नुपर्ने भएपनि कोरोना महामारीको दोस्रो लहरका कारण चैतपछि बैशाखमा तोकिँदा पनि...

परिजात पथको खाल्डाहरु मर्मत गर्न सचेत नागरिकको ध्यानाकर्षण

मकवानपुर । सचेत नागरिक युवा समुहले हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । हेटौंडा–४ परिजात पथ सडकखण्डमा रहेको खाल्डाहरु मर्मत गर्न भन्दै शुक्रबार हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिवनारायण श्रेष्ठसहितको टोलीले परिजातपथ सडकखण्डस्थित कर्भड हल देखि सितल...

चित्लाङ–थानकोट सडकमा चल्न थाले सवारीसाधन

मकवानपुर । सडक निर्माणका क्रममा पटकपटक अवरोधका कारण अलपत्र चित्लाङ–थानकोट सडक खण्ड (गणेशमान सिंह मार्ग)मा सवारी साधन चल्न थालेका छन् । स्थानीयले ६९ वर्षअघि सामान्य ट्रयाक बनाएको मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकालाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने उद्देश्यले २०७० बाट पक्कि निर्माण सुरु गरिएको सडकमा गल्छी, पहरा, खोल्छा र घुम्तीहरुलाई...

पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो । तीन दिनअघि उच्च रक्तचाप भएपछि ६० वर्षीय गुप्तालाई परिवारजनले विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरेका थिए । अवस्था थप गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भईरहेको...

जनकपुरमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

धनुषा । जनकपुरमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पक्राउ गरिएका कार्यकता रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेर्न पुगेका जनमतका कार्यकतामाथि प्रहरीले लाठीचार्ज गरेको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने...

भीमफेदीमा बौलाहा कुकुर आतंक,२ दिनमा १३ जना घाईते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो २ दिनमा एक बौलाहा कुकुरले आतंक मच्चाएको छ। बौलाहा कुकुरले भीमफेदी बजार, सुपिड, माथिल्लो ज्यामिरलगायतका गाउँहरुमा आतंकित बनाएको हो । बिहीबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा १३ जनाले उपचार गरेकोमा ३ जनालाई काठमाडौं रिफर गरिएको र उपचारपछि उनीहरु घर फर्केका छन् । काठमाडौं रिफर...

बाढीपहिरो पीडितलाई प्रधानमन्त्रीले हप्काउँदै भने, ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’

काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए । करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा पनि एक पीडितलाई हप्काए । प्रधानमन्त्री देउवा...