सडक दुर्घटनामा परी साउदीमा एक नेपाली युवकको मृत्यु

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार ०७:५४

दोहा । सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका – २ देउरालीका युबराज क्याप्छकी मगर रहेको बताईएको छ ।

साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए ।

दाजुका अनुसार उनी विगत ८ महिना अघि मात्र रोजगारीको सिलसिला त्यहाँ पुगेका एक रेस्टुरेन्टमा काम गरिरहेका थिए ।

भाइको शवलाई जतिसक्दो चाँडो नेपाल पठाईदिन त्यहाँस्थित नेपाली दूतावास लगायत सम्बन्धिय निकायलाई दाजु मनहरी अनुरोध गरेका छन् ।

मृकको शवलाई रोजगारदाता कम्पनीसँग सामन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा भई चाँडै नेपाल पठाउने नेपाली दूतावास स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*