समाचार
मउवा संघ निर्वाचन : उद्योगतर्फ उपाध्यक्षमा प्रमोद सिं रानाभाट विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् । उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् । उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो ।...
यस्तो देखियो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन (फोटो फिचर)
मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आज(मंगलबार)दिनभर मतदान भएको थियो । निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार बिहान ९ बजेबाट मतदान गर्ने कार्यतालिका रहेता पनि झण्डै ९ः२० बाट मतदान सुरु गरिएको थियो । पल्पसा सभागृहमा अपरान्ह ४ बजे सम्म मतदान गर्न पाइने जनाइए पनि दिउँसो पानी परेका कारण समय...
पछिल्लो २४ घन्टामा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। नौ हजार सात सय ७१ जनाको पिसिआर परीक्षण गर्दा पाँच सय ६९ जना र दुई हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...
भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं : वरिष्ठ अधिवक्ता थापा
काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । नेपाल बार एसोसिएसनले बोलाएको सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता...
अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा चोलेन्द्र
काठमाडौँ । न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् । सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको...
सडक दुर्घटनामा परी साउदीमा एक नेपाली युवकको मृत्यु
दोहा । सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका – २ देउरालीका युबराज क्याप्छकी मगर रहेको बताईएको छ । साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए...
गृह मन्त्रालयको आग्रह, ‘परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिनु
काठमाडौँ । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ। पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो। परिचय नखुलेका जो...
आगलागी पिडित लामिछानेलाई तरुण नेता सापकोटाको ५१ हजार सहयोग
मकवानपुर । हेटौंडा उपमाहानगरपालिका ८ कमाने स्थित रामकृष्ण लामिछानेले सञ्चालन गरेको आरके किराना पसलमा गत कार्तिक २५ गते लागेको आगलागीले क्षति पुराएको भन्दै राहात स्वरुप तरुण नेता योग्यराज सापकोटाले नगद सहयोग गरेका छन् । ग्यास सिलिन्डर पड्केर पसलमा आगलागी भएको थियो । आगलागीमा १० लाख भन्दा बढीको क्षति भएको...
सहकर्मीबाटै अप्ठेरोमा प्रधानन्यायाधीश
काठमाडौँ । सहकर्मीले असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरोमा परेका छन्। पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेका छन्। गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले सोमबारका लागि...
वार्षिकोत्सवको अवसरमा सिटिजन लाईफ हेटौंडाको रक्तदान
मकवानपुर । वार्षिकोत्सवको अवसरमा सिटिजन लाईफ इन्स्योरेन्स हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत हेटौंडा १८, हर्नामाडीमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार हेटौंडा शाखाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको सिटिजन लाईफ इन्स्योरेन्स हेटौंडा शाखाका प्रमुख राधेश्याम आचार्यले जानकारी दिए ।...









