मउवा संघमा अग्रवाल प्यानलको बहुमत

अखबार हब
२०७८ कार्तिक ११, बिहीबार ०५:४५

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको कार्तिक ९ मा सम्पन्न ५४ र ५५ औं साधारणसभा तथा निर्वाचनबाट कृष्णकुमार गुप्ता (अग्रवाल)प्यानलले नेतृत्वमा बहुमत कायम गरेको
छ ।

संघका निवर्तमान अध्यक्षसमेत रहेका राजकुमार न्यौपाने र गुप्ता नेतृत्व बीचको कार्यसमिति चयनका लागि भएको निर्वाचनमा २७ मध्ये १९ पदमा गुप्ता प्यानलका उम्मेदवार विजयीहुँदै बहुमत कायम गरेका हुन् । निर्वाचित २७ जनासमध्ये ८ जना न्यौपाने प्यानलबाट विजयी भएका हुन् । संघको अध्यक्षमा गुप्ताले ९१ मतान्तरका साथ न्यौपानेलाई पराजित गर्दै आगामी ३ बर्षका लागि नेतृत्व गर्ने भएका छन् । २ हजार ४ सय १५ मतमध्ये अग्रवालले १ हजार २ सय ४६ र उनका निकटतम प्रतिद्वन्द्वि न्यौपानेले १ हजार १ सय ५५ मत पाएका थिए । अध्यक्ष पदमा वाणिज्यतर्फ १ हजार ५ सय १५, उद्योगतर्फ ७ सय ५३, एशोसियटको १ सय १६, र वस्तुगत ३१ मत गरी २ हजार ४ सय १५ मत खसेको हो ।

गुप्ता प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । अग्रवालले न्यौपाने प्यानलका रामप्रसाद न्यौपानेलाई र रानाभाटले प्रतिमा श्रेष्ठलाई पराजित गरेका हुन् । अग्रवालले ६ सय ७२ र उनका प्रतिस्पर्धी रामप्रसाद न्यौपानेले ६ सय १८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उद्योगतर्फको उपाध्यक्षमा रानाभाटले ३ सय ७० मत ल्याए भने, उनका प्रतिस्पर्धी श्रेष्ठले भने ३ सय १९ मतसहित पराजित भइन् । उद्योगतर्फ ८ सय ९० मध्ये ७ सय ५३ मत खसेको थियो ।

न्यौपाने प्यानलबाट बस्तुगत उपाध्यक्षमा राजु अधिकारी र एशोसिएट उपाध्यक्षमा उज्वल चौलागाईंले बाजी मारेका छन् । अधिकारीले गुप्ता प्यानलका काव्यमणि अधिकारी र चौलागाईंले विष्णु खनाललाई पराजित गरेका हुन् । न्यौपाने प्यानलका अधिकारीले १८ र उनका प्रतिस्पर्धी अधिकारीले भने ११ मत प्राप्त गरी पराजय भोगेका छन् । बस्तुगततर्फ सदस्यमा तेजराज अधिकारी (१७) र प्रदीप अर्याल (१५) मतसहित विजयी भएका छन् । पुष्पराज पुडासैनी (१४) र अजिव भट्टराई (१२) मतसहित पराजित भए ।

त्यस्तै, एशोसिएटतर्फ उज्वल चौलागाईंले ६३ र उनका निकटतम् प्रतिद्वन्द्वि खनालले ५० मत मात्र पाए । एशोसिएटतर्फ सदस्यमा गणेशप्रसाद भेटवाल (७७), अंकीता सुमार्गी (७१), राजाराम कार्की (६५) र हेटौंडा औद्योगिक क्षेत्र आरक्षणतर्फ दीपक उप्रेती (७३) मतसहित विजयी भएका छन् । नवराज खतिवडा (५४), राजु थापा (२८), रामशरण दुलाल (३१) र अशोककुमार राउत (३७) मतसहित पराजित भए । एशोसिएटतर्फ नै बहुर्राष्ट्रिय कम्पनीतर्फ शान्तिराम धिमाल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वाणिज्यतर्फ ७ जना सदस्य विजयी भएका छन् । जसमा कुलप्रसाद चौलागाईं (९०३), विकेशलाल श्रेष्ठ (८७०), सुदर्शन खरेल (७७१) अनिलभक्त श्रेष्ठ (७५८), नेत्रप्रसाद खतिवडा (७२३), माधव ज्ञवाली (६८३), दिवस पराजुली (६५८) मत ल्याइ विजयी भएका हुन् ।

बालकृष्ण बजगार्इं (६०७), विष्णुप्रसाद दाहाल (५९२), कृष्णप्रसाद ढुङ्गाना (५९७), जाबेद हुसेन (५८३), दामोदर पाठक (६३४), दीपक खत्री (५९७), हरिनारायण ठाकुर (३६२) मत प्राप्त गर्दै पराजित भए । बाणिज्यतर्फ ७ जना सदस्यका लागि १४ ले उम्मेदवारी दिएका थिए । यसैगरी वाणिज्य सदस्य महिला आरंक्षणतर्फ निलम पाण्डे (९२३ ), निलम वैद्य (७९५) विजयी भएका छन् । नेत्रकुमारी भट्ट (४७४) र मनु दाहाल (५२३)ले मत प्राप्त गर्दै पराजय व्यहोरे । पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्ताैला (५६५), राजु राउत (३९७) र राधिका सामरी पाण्डे (४६२) मत प्राप्त गरेका छन् । जसमा बर्ताैला विजयी भएका हुन् ।
उद्योगको सदस्यतर्फ रुपकराज दाहाल (४६७), श्रीकृष्ण कर्माचार्य (४२३), नरेन्द्र भण्डारी (३६२) र सन्तोषकुमार अर्याल (३५२) मतका साथ विजयी भए । दीपक शिवाकोटी (३३९) भुपेन्द्रप्रसाद अधिकारी (३३२ ), हरिप्रसाद ढकाल (२२३) र ज्ञानेन्द्र बर्तौला (२६९) ले मत प्राप्त गर्दै पराजय भए । यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सीतादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी भइन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मत ल्याएर पराजय व्यहोरिन् ।

विजयीहुँदै अध्यक्ष गुप्ताले आफु व्यवसायिको प्रतिनिधि र आफ्नो जित सम्पूर्ण उद्योगी व्यवसायिको जित भएका बताएका छन् । ‘पराजित हुनु भएका राजकुमार न्यौपाने पनि संघको पूर्वअध्यक्ष बन्नु भएको छ, म उहाँको सल्लाह सुझावलाई समेत ग्रहण गरेर कार्यकाल स्वर्णिम बनाउने प्रयत्न गर्नेछु ।’ उनले भने । गुप्ता प्यानलबाट बहुमत सदस्य विजयीपछि बुधबारनै बजार परिक्रमामा कार्यक्रमसमेत गरिएको थियो ।

आफु अध्यक्षमा पराजित भएपछि न्यौपानेले आफुले पाएको मत सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो जित सुनिश्चित भएको अवस्थामा रातारात रकम बाँडेको समेत आरोप लगाएका छन् । ‘म संघको नेतृत्वमा नहुँदा र पराजित भएपनि उद्योगी व्यवसायीको हितमा दिनरात लागि पर्नेछु ।’ उनले भने, ‘तर, यहाँ नियोजित ढंगले निषेधको राजनीतिलाई बढावा दिन चुनाव अस्वस्थ प्रतिपर्धात्मक बनाइयो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*