नेत्रोदय माविका विद्यार्थीले पाए विद्यालय पोशाक र झोला

अखबार हब
२०७८ कार्तिक १२, शुक्रबार २१:०६

बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको नेत्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागी विद्यालय पोशाक तथा झोला वितरण गरीएको छ । फिटवेल गार्मेन्ट उद्योग काठमाडौँकोे सहयोगमा उक्त विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा झोला वितरण गरीएको हो ।

फिटवेल गार्मेन्ट उद्योगका प्रोपाईटर तथा युवा समाजसेवी मनोज भारतीको उपस्थितीमा उक्त विद्यालयका विद्यार्थीहरुलाई एक सय थान विद्यालय पोशाक तथा झोला वितरण गरीएको नेत्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल बहादुर अस्तानी मगरले जानकारी दिए ।

वितरण कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामीछाने ( खनाल) नगर कार्यपालिका सदस्य जगत कुमारी अधिकारी , नगरपालिकाको ७ नम्बर वडा सदस्य सुभद्रा विक लगाएत सन्चार कर्मी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*