समाचार

विद्युत आपूर्ति रोकिएपछि कुलमान आफैं पुगे भरतपुरको सबस्टेसन

काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन पुगेका छन् । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर...

नेपाल खुला विश्वविद्यालय पाँच महिनादेखि पदाधिकारीबिहीन

काठमाडौं । नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीबिहीन बनेको छ । तत्कालीन उपकुलपति प्रा.डा.लेखनाथ शर्माको कार्यकाल गत जेठ १७ गते र तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको कार्यकाल गत जेठ २० गते पूरा भएपछि पदाधिकारी बिहीन बनेको हो। पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा।डा इन्द्रबहादुर...

चीनले दियो थप १६ लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले यस वर्षभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ...

८ बजेबाट देउसी खेल्न नदिने जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय

मकवानपुर । मकवानपुरमा राति ८ बजेसम्म मात्र देउँसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै राति ८ बजेपछि देउँसी भैलो नखेल्न भनिएको छ । यस्तै, प्रशासनले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या घटेपनि जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यको पालना गरी तिहार तथा छठ...

स्वास्थ्य मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए ।...

आज एकैदिन काग र कुकुर तिहार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड दीपावली अर्थात तिहार पर्व मंगलबारदेखि सुर भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन मंगलबार मिथिलामा ‘धनतेरस’ पर्व मनाइयो । त्यस्तै, आज दुईवटा पर्व एकैदिन परेको छ । यो वर्ष काग र कुकुर तिहार एकैदिन परेको हो ।...

प्रधान सेनापती शर्माको बाहुलीबाट ऐतिहासिक चिसापानीगढीको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास हुने

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको काममा गाउँपालिकाले सक्रियता बढाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम...

कैलाशमा १७ बिगाह १० कठ्ठा गाँजा खेती नष्ट

मकवानपुर। कैलाश गाउँपालिकाको विभीन्न वडामा अबैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । स्थानीय वासिन्दाहरुले लगाएको गाँजा प्रहरीले नष्ट गरेको हो । प्रहरीले तीन दिन लगाएर १७ विगाहा १० कठ्ठामा लगाएको गाँजा खेती नष्ट गरेको हो । गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध...

प्रणामी व्यवसायी संघ मकवानपुरको संयोजकमा पुडासैनी

मकवानपुर । प्रणामी समुदायभित्रका व्यवसायीहरुको छाता संगठन प्रणामी व्यवसायी संघ मकवानपुर गठन भएको छ । संघको हेटौंडामा भएको भेलाले विनोद पुडासैनीको संयोजकत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ । संघको तदर्थ समिति निर्माण गरिएको हो । जसको सहसंयोजकमा धर्मराज ढकाल (राजु) तथा सदस्यहरुमा प्रकाश वाग्ले, नवीन तिवारी, सागर उप्रेती,...

भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि ३ दिन आंशिक बन्द

मकवानपुर । हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड आजदेखि ३ दिन आंशिक समय बन्द हुने भएको छ । भीमफेदी–कुलेखानी खण्डको स्तरीकरण गर्ने कार्य अन्तिम चरणमा रहेको र उक्त कार्य पूरा गर्न आंशिक बन्द गर्न लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको...