समाचार

भाइटीकाको बिहान एउटै जुवाखालबाट ४८ जुवाडे पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको एक जुवाखालबाट ४ लाख ६६ हजार नगदसहित ४८ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले एकै पटक एउटै जुवाखालबाट यति ठूलो संख्यामा पक्राउ गरेको पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले शनिबार बिहान ४ बजे भाइटीकाको नेपालगन्ज १७ बाबुगाउँबाट जुवा भइरहेको...

भरुवा बन्दुकसहित निजगढबाट एक जना पक्राउ

बारा । प्रहरीले बाराको निजगढबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले निजगढ नगरपालिका–३ सिगौलबाट स्थानीय ६५ वर्षीय मंगल लाल पाख्रिनलाई १ थान लोड गरेको भरुवा बन्दुकसहित पक्राउ गरेको हो। पाख्रिनको साथबाट प्रहरीले प्लास्टिकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्रासमेत बरामद गरेको छ ।...

हेटौंडामा बस र मोटरसाईकल ठोक्कियो एकको मृत्यु

हेटौंडा । हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो । नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशावाट...

पासोमा परेर पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

काठमाडौँ — मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको अवस्थामा मृग र फ्याउरो फेला पारेको हो ।...

कोरोनाको उच्च जोखिममा युरोप : डब्ल्यूएचओ

काठमाडौँ — युरोपेली मुलुकहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ । विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली मुलकका जनताहरुले पर्याप्त खोप नलगाएका कारण फेरि एक पटक ती मुलुकहरु कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डब्ल्यूएचओ युरोप प्रमुख हान्स क्लुगेले फ्रेबुअरी सम्ममा युरोपेली...

आज यमपञ्चकको चौँथो दिन : गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै

काठमाडौँ — कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान...

कांग्रेस नेता बानिँयाद्धारा तिहारको शुभकामना

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले तिहारको पावन अवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक...

नेपाल सम्बतले आपसी सद्भावको अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...

महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा,...

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै !

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज...