समाचार

मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

मोरङ । मोरङ कारागारका चौकीदार किरण गुरुङले चरम यातना दिएको भन्दै मंगलबार दुई समूहबीच झडप हुँदा गुरुङसहित ६ कैदीबन्दी घाइते भएका छन । झडपपछि कारागार प्रशासनले चौकीदार, नाइके र भाइ नाइकेसहित १४ जनालाई अन्यत्र कारागार सरुवा गरेको छ । कारागार प्रशासनका अनुसार चौकीदार गुरुङको समूह र अन्य कैदीबन्दीबीच झडप...

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

काठमाडौँ । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो...

सर्वोच्चमा आन्दोलन जारी, प्रधानन्यायाधीश राणाबाहेक कोही पनि इजलासमा बसेनन्

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले गरिरहेको आन्दोलनले मंगलबार पनि निरन्तरता पाएको छ। प्रधानन्यायाधीश राणाले नियमित अवस्थामा जस्तै सबै मुद्दाको पेशी तोके पनि उनीबाहेकका अरु न्यायाधीशले मुद्दाको सुनुवाइ गरेनन्। यसअघि राणा र अरु न्यायाधीशबीच बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दाको सुनुवाइ गर्ने एवं राणाले आफ्ना लागि इजालस...

पहिलोपटक कासा विमान चढेर प्रधानसेनापति भारत भ्रमणमा

काठमाडौं । कासा जहाज चढेर आज प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि भारत गएका छन् । बिहान ९ बजे सेनाको इन्डोनेसियामा निर्मित आफ्नै कासा जहाज चढेर उनी भारत गएका हुन् । भ्रमणमा ९ जना सहभागी छन् । तीमध्ये अधिकांश सेनापतिको सचिवालयका सदस्य हुन् । सोमबार जंगी अड्डामा भारत भ्रमणमा...

दिनदिनै अनुगमनमा कर्णालीका मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारपछि दैनिक अनुगमन गर्न थालेका छन्। आइतबारदेखि उनले अनुगमनलाई निरन्तरता दिएका छन्। मंगलबार मुख्यमन्त्री शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतमा निरीक्षण गरेका छन्। सेवाग्राहीहरूको गुनासोका आधारमा आकस्मिक रूपमा यातायात कार्यालयमा उनले निरीक्षण गरेका हुन्। अनुगमनको पहिलो दिन आइतबार मुख्यमन्त्री शाहीले प्रदेश स्तरीय सहिद...

खरबारीमा भेटियो ७ वर्षीया बालिकाको शव

सुर्खेत। लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला...

छठ मनाउन हिमानी शाह वीरगञ्जमा

यसपटकको छठ पर्व मनाउन पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्ज पुग्नुभएको छ । हिजो काठमाडौंबाट सिमरासम्म हवाई उडानबाट त्यसतर्फ जानुभएको हो । हिजो र आज सिमरामा बसेर भोलि वीरगञ्जको घडिअर्वा पोखरीमा आयोजना हुने छठ पर्वमा सहभागी हुने कार्यक्रम छ । यता पति तथा पूर्वयुवराज पारसले भने शनिबारको भाइटीकामा काका स्वर्गीय धीरेन्द्र...

भक्तपुरको १३ सय रोपनी खेतमा किन फलेन धान ?

काठमाडौं । करिब १३ सय रोपनीमा जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको...

औषधि व्यवस्था विभागको पुनःसंरचना गरिन्छः मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताएका छन् । विभागले आज यहाँ आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उनले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताए । उनले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत...

हेटौंडाको बाघथलीमा लरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमाहानगरपालिका वडा नम्बर–११ बाघथलीमा लरीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमाहानगरपालिका वडा नम्बर–१२ का २० बर्षीय सुशान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । ना७ख ८८१ नम्बरको लरीले बागमती...