समाचार
यमुनामा ‘बादलमा तैरिएर’ छठ पूजा (तस्बिरहरू)
दीपावलीको अर्को दिन तुवाँलोले घेरिएका भारतको राजधानी नयाँदिल्लीका बासिन्दाले अहिले प्रदुषणको फिजैफिजले भरिएको यमुनामा छठका लागि डुबुल्की मारिरहेका छन्। भारतीय सञ्चारमाध्यममा अनुसार पवित्र नदी मानिने यमुनामा केही दिनदेखि छठको स्नान गर्ने श्रद्धालुहरूको भीड छ। उनीहरूले पवित्र मानेको यमुनाको पानी भने प्रदुषणको फिजले ढाकिएको छ। त्यही फिजमा सूर्यलाई अर्घ दिइरहेका...
जहाँ महिलाले प्रवेश पाउँदैनन् !
मकवानपुर । सामरिक महत्व बोकेको चिसापानी गढी स्थापनापछि मुलुकको राजनीतिक परिवर्तनमा उथलपुथल भइसक्दा पनि यहाँ आजसम्म महिलाले प्रवेश पाउँदैनन् । गढीमा रहेको कालीतोप पड्काउँदा तत्कालीन समयमा किल्ला वरपर रहेका गर्भवती महिलाहरूको गर्भमा समेत असर परेको भन्दै यहाँ महिला प्रवेशलाई निषेध गरिएको थियो । कालीतोप पनि एक पटक मात्रै पड्काएको...
सवारी लाइसेन्सः नाम स्मार्ट, काम भद्रगोल
काठमाडौं । सरकारले २०७२ सालदेखि वितरण थालेको स्मार्ट लाईसेन्सको आवेदन बीचमा झुलुक्क खुले पनि अहिले बन्द छ । यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र वितरणमा समेत ढिलासुस्ती गरिरहेको छ । सात लाख जना आवेदकले झण्डै डेढ वर्षदेखि लाइसेन्स कुरेर बसेका छन् । यता, विभाग भने छपाई...
राष्ट्रपति भण्डारीले गरिन् छठी माताको पूजा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छन्। बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी उनले अर्घ्य दिइन्। कमलपोखरीमा अर्घ्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन्। छठ पर्वको मुख्य दिन बुधबार (आज) अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ।...
एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह (विज्ञप्तिसहित)
काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न आग्रह गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण...
एमाले सुनसरीको बैठकमा इटहरीका मेयरले माइक खोसेपछि…
सुनसरी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा विवाद भएको छ । इनरुवामा बुधबार बसेको बैठकमा २०७५ जेठ २ अघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षतामा कसले गर्ने भन्ने विषयमा विवाद थियो । विवाद भएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू अध्यक्ष भएको...
पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७...
मंसिर २ गतेदेखि इ–पासपोर्ट जारी गरिँदै, के छन् विशेषता ?
काठमाडौं । राहदानी विभागले आगामी मंसिर २ गतेदेखि विद्युतीय राहदानी (इलेक्ट्रिक पासपोर्ट) जारी गर्ने तयारी गरेको छ। हाल विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको छ। विभागका निर्देशक शरदराज आरनकाअनुसार मंसिर १ गते परीक्षणपछि पहिलो चरणमा सीमित संख्यामा इ–पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट...
मुख्यमन्त्री राईले कार्तिक ३० गते विश्वासको मत लिने
मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ३० कार्तिकमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने हेतुले नै ३० कार्तिकमा प्रदेश सभाको बैठक बोलाइएको छ । १६ कार्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मत पाए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्...
जनगणनाको सुरुवात राष्ट्रपतिको तथ्यांक संकलनबाट गरिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने भएको छ । भोलि (बिहीबार) बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलि नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे...










