समाचार

बारले प्रधानन्यायाधीशलाई सर्वोच्चको गेटमै रोक्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले शुक्रबार बिहानैबाट सुरक्षा व्यवस्था कडा पारेको छ । तस्बिर : न्युज कारखाना

आन्दोलनकारी कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक

काठमाडौं । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो । तर, सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ । बारको टोली सर्वोच्च अदालत जाने कार्यक्रम रहे पनि...

रक्सी खाएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ

कपिलवस्तु । रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका– ६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ । पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजे तिर...

जंगलको बीचमा व्यावसायिक बाख्रापालन (तस्बिरहरु)

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् । उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै...

सर्वाेच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी 

काठमाडौं ।  सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी...

देशभर थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् । यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल...

कक्षा १२ को नतिजा मंसिर दोस्रो साता

काठमाडौँ । कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बताए । अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको...

पोखरामा प्रधानमन्त्री देउवाको पुतला दहन

कास्की । पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो । महँगीले जनता मारमा परेकाले विरोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले...

सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघ्यो

काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि कात्तिक ८ गते आवेदन खुल्यो, तर त्यसपछि करिब एक हप्ता प्रणाली प्रभावित भयो । तर, यही बीचमा मात्रै करिब साढे ५ लाखभन्दा बढी आवेदन परेको छ । पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघेको यातायात व्यवस्था विभागले...

१४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्ने एक जना पक्राउ

काठमाडौं । तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–४ बस्ने २२ वर्षीय मनिष राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई राईले मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...