समाचार
नेपाल बारले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल एशोसियसनले भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । बिहान १० नबज्दै सर्वोच्चको गेटमा कानुन व्यवसायीले धर्ना दिएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् । नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले सर्वोच्च परिसरमा सम्बोधन गर्दै भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक...
रहेनन् चर्चित कला निर्देशक परेश दारु
काठमाडौं । चर्चित कला निर्देशक परेश दारुको आज निधन भएको छ । उनले आफ्नो साथी (सञ्जय छेलका बुबा) छील वादासँग २०० भन्दा बढी गुजराती नाटक र धेरै गुजराती फिल्महरूको कला निर्देशन गरे। ९० वर्षको उमेरमा उनको आज निधन भएको हो । उनले आफ्नो साथी (सञ्जय छेलका बुबा) छेल वैदासँग...
मोरङ कारागारमा एकजना कैदीको शंकास्पद मृत्यु
मोरङ । मोरङ कारागारमा एक कैदीको शंकादस्पद मृत्यु भएको छ। श्वास फेर्न समस्या भएपछि बिहीबार राति १ बजे उपचारका लागि अस्पताल लाने क्रममा ४३ वर्षीय कैदी नारायण थापाको बाटैमा मृत्यु भएको हो। मोरङको रतुवामाई नगरपालिका इटहरा घर भएका कैदी थापालाई जबर्जस्ती करणी कसुरमा १० वर्ष कैद सजाय भएको थियो।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेकपाद्वारा आन्दोलन घोषणा
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आन्दोलन घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएकोबारे जानकारी दिए । कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।...
९५ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो । डीएसपीहरुको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ०७८ कात्तिक २५ गतेको निर्णयअनुसार ०७८ को मंसिर महिनादेखिको तलब,...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बुटवलमा चक्काजाम
बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य...
मकवानपुर फुटबल संघका सदस्य टोनीको निधन
मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य एवं एफसी पोतला क्लबका उपाध्यक्ष बिमल श्रेष्ठ (टोनी) को निधन भएको छ । भारतको सिक्किम भ्रमणमा रहेका श्रेष्ठ गएराति सुतेको ठाउँमा अचेत अवस्थामा भेटिएको र उपचारको लागि अस्पताल पुग्न साथ डाक्टरले मृत घोषणा गरको भ्रमणमा रहेका एक जनाले जानकारी दिए ।...
राज्यको नीति निर्माणमा सहयोग पुग्छ, जनगणनामा सहयोग गरौं : ओली
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनगणना प्रयोजनका लागि घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग अपिल गरेका छन्। एक भिडियो सन्देशमार्फत ओलीले जनगणनाबाट प्राप्त तथ्याङ्क अनुसार राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने बताएका हुन्। उनले सबैलाई सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई...
आजदेखि देशभर जनगणना सुरु
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । हरेक १०–१० वर्षमा हुने जनगणना यस...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ
काठमाडौँ । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्व सम्पन्न भएको हो । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मधेसवासीको महान चाड...










