समाचार

सरकारले सार्थक पहल गरेन भने न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध गरेको आन्दोलनलाई तपाईंले कसरी हेर्नुभएको छ ? –न्यायालयप्रतिको जुन जनविश्वास थियो, न्यायालयले त्यो कायम गर्न सकेन। त्यसमा पात्रहरु को–को हुन् भन्ने कुराहरु पनि छन्। अहिले आएर चोलेन्द्र शमशेरले न्यायपालिकाको नेतृत्व लिन सकेनन् भन्ने मूल विषय हो। अर्को कुरा, अदालतमा विभिन्न...

माधव निकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदैछ । शनिबार काठमाडौंमा आयोना भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदैछ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा भूपराज खड्का चयन हुने छन् । कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार...

मुख्यमन्त्री पाण्डेले रोके विद्युतीय बस खरिद प्रक्रिया

मकवानपुर । वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ बाट विद्युतीय बस सञ्चालनको घोषणा गरेपनि खरिद प्रक्रिया भने रोकेको छ । पूर्वाधारको तयारी नहु“दै कमिसनको चक्करमा लागेर अघिल्लो सरकार विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डे नेतृत्वको वर्तमान सरकारले सम्पूर्ण प्रक्रिया तत्कालका लागि रोकेको हो । ‘विद्युतीय...

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्वकिय सचिवको जिम्मेवारी अखिल (क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्ललाई दिएको छ । सचिवालयको सदस्यहरु जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई जिम्मेवारीबाट हटाइएको जानकारी शुक्रबार अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा गराएका हुन् । सचिवालयबाट हटाएर...

शुक्रबार थपिए ३९७ कोरोना संक्रमित, ३८९ जना निको

काठमाडौं । नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९७ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।...

बेन्च बहिस्कारविरुद्ध प्रदर्शन: ‘दबाबको शासन अन्त्य गर’ नारा लाग्यो

काठमाडौं । बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधका काठमाडौंमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् । कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार र सर्वोच्च अदालतकै १९ जना न्यायाधीश...

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा भइरहेको विवादको समाधान सम्बन्धित् निकायले नै निकाल्नु पर्ने सुझाव दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छ भने सर्वोच्चै १९ जना न्यायाधीश पनि आन्दोलनमा छन् । बिहीबार र शुक्रबार बारले दिएको धर्ना कार्यक्रममा प्रहरी र कानुन व्यवसायीबीच...

एमाले जिल्ला बैठक बहिष्कार गरेका द्वारिकलालले माधव नेपाललाई दिए आफ्नै घरमा लन्च पार्टी

सुनसरी । नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् । एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत नेकपा ९एस०का नेतालाई घरमा भोज खुवाएका हुन् । चौधरीले आफ्नो इटहरी...

जंगली जनावरको डरले सर्‍यो एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । बाघमारा चौरमा जंगली जनावरले आक्रमण...

एमालेको महाधिवेशन लोगो सार्वजनिक, ‘गैँडाको हात’मा कम्युनिष्ट झण्डा

काठमाडौं । नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ। चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनका लागि तयार भएको लोगोमा गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको देखिन्छ। साथै अगाडि सूर्य चिह्न अंकित छ। पृष्ठ भूमिमा अंग्रेजीको १० देखिन्छ। ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित...