समाचार

२४ घण्टामा नेपालमा २६० मा कोरोना पुष्टि, ४७८ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ५ हजार २२५ पीसीआर परीक्षणमा २६० जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६७५ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एन्टिजेन विधिद्वारा ३ हजार...

एमसीसीमा कुलमानः प्रसारण लाइन बन्नुपर्छ, पैसा कहाँबाट ल्याउने सरकारको कुरा हो

बुटवल । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत सम्झौता गरिएको ४०० किलो भोल्टको प्रसारण लाइन आवश्यक रहेको बताएका छन् । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले भने, ‘रकम कहाँबाट जुटाउने सरकारको कुरा हो, तर उक्त...

प्रतिगमनकारी सल्बलाउँदै छन्ः अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमन केही परास्त भए पनि सल्बलाउन नछोडेको बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीको अधिवेशनलाई उद्घाटन गर्दै उनले संविधान च्यात्न खोज्नेहरु हाबी हुन लागेको बताए । ‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, उपलब्धि उल्ट्याउन खोज्नेहरु गठबन्धनका कारण केही हदसम्म परास्त भएका छन्,’ उनले भने, ‘तर...

पूर्वी चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद

चितवन । पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो । चेवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरेको...

जाँडरक्सी नखान पार्टी निकट पत्रकारहरुलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जाँडरक्सी खाँदै नखान र...

कुमारी बैंकको १९ करोड ठगी धन्दा प्रकरणः ठूला उम्किँदै, साना फस्दै !

काठमाडौं । जग्गाको धनीसँग सक्कली लालपूर्जा छ तर, नक्कली लालपूर्जा बनाएर बैंकले नै कतिसम्मको ठगी धन्दा गर्दोरहेछ भन्ने उदाहरण हो, कुमारी बैंक । कुमारी बैंकमा नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी धन्दा प्रकरणले आममानिसको अचल सम्पत्ति (जग्गा जमिन) कति सुरक्षित रहेछ भन्ने प्रश्न जन्माएको छ । जग्गाको सक्कली मालिक...

पाँच लाख रुपैयाँसहित जुवाखालबाट ८ जना पक्राउ

काठमाडौँ । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । कौडा खेलिरहेको छ...

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (नामसहित)

काठमाडौं । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय समितिको घोषणा गरिएको छ । शनिबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमको उद्घाटन गरेका थिए। संगठनको महासचिव भूपराज खड्का, उपाध्यक्षमा प्रकाश खतिवडा, शितल साह, प्रकाश खतिवडा,...

फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाको सेवा नै प्रतिबन्ध

दाङ । सल्यानको बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौँठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । ‘केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा...

लहानमा किशोरी बलात्कृत, आरोपी फरार

सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहाले जानकारी...