समाचार
२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा (सूचीसहित)
काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ । नेपाल नागरिक उड्डयन...
पुष्पलाल पार्क व्यवस्थापन समिति अध्यक्षमा भेटवाल
मकवानपुर । हेटौंडा स्थित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिको अध्यक्षमा गणेश भेटवाल चयन भएका छन् । शनिबार पार्क परिसरमा आयोजित साधारणसभाले भेटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा रिटबहादुर खत्री,सचिवमा सानुकाजी पाण्डे, सहसचिवमा पूर्णप्रसाद अर्याल र कोषाध्यक्षमा विष्णुकुमारी बस्नेत चयन भएकी छन् । पार्क व्यवस्थापन समितिका...
मूल्यवृद्धि तत्काल फिर्ता लिन जनता समाजवादी युवा संघको माग
मकवानपुर । जनता समाजवादी पार्टी सम्बद्ध जनता समाजवादी युवा संघ बागमती प्रदेश समितिले नेपाल सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध गरेको छ । संघका अध्यक्ष तुफान बिक्रम क्षेत्री र मुख्य सचिव नेरुता मोक्तानले आज (आइतबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्...
सडकमा ड्रेन कभर नराख्दा यात्री नालीमा खस्ने डर
खोटाङ । खोटाङको दिक्तेल बजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । दिक्तेलको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबीचमा ढलान गरेको निर्माण कम्पनी सूर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवतजावतका क्रममा नालीमा खस्ने त्रास बढेको...
कांग्रेस वडा अधिवेशनः बाँकेको ८१ वडामध्ये ५२ वडामा वडा र क्षेत्रीय समिति निर्विरोध चयन
नेपालगञ्ज । बाँके कांग्रेसको वडा अधिवेशनअन्तर्गत आठवटै पालिकाका ८१ वडामध्ये ५२ वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध चयन भएको छ । निर्वाचन समितिका अनुसार बाँकेका ८१ वडामा शनिबार भएको निर्वाचनमार्फत ५२ वडाबाट निर्विरोध सिमित चयन भएको हो । बाँकी वडामा आइतबर मतदान भइरहेको छ । जिल्ला निर्वाचन परिचालन...
जनगणनाबारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्
खोटाङ । २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ । ‘कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही...
वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण
मकवानपुर । नेकपा (माओवादी केन्द्र) निकट सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा शानिबार पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम झुरझुरेमा भएको छ । जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बागमती गाउँपलिका वाइसीएल कमिटी सचिव दर्शन...
सामाजिक सद्भाव कायम गर्न राजेन्द्र महतोको आग्रह
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् । जनकपुरधाम महानगरपालिकामा मुस्लिम तथा हिन्दु समुदायबीच झडप भएपछि महतोले प्रेस विज्ञप्ति जारी गरेर सामाजिम सद्भावका लागि आह्वान गरेका हुन् । जनकपुर–२० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीचमाा झडप भएको...
मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिइन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्ने आशंका गरिएको उनले जानकारी दिइन्...
धानबालीको नोक्सानी नबिर्सँदै, किसानलाई रासायनिक मल अभावको भारी
धनगढी । बेमौसमी बर्षाका कारण धानबालीमा भएको नोक्सानको पीडा नभुल्दै कैलालीका किसानलाई अर्को तनाव सुरू भएको छ । पानीमा डुबेको धानबाली जेनतेन उठाएका किसानहरू गहुँ खेतीका लागि आवश्यक रासायनिक मल नपाएर थप पीडित बनेका छन् । हिउँदेबाली लगाउन रासायनिक मल डीएपी नपाएपछि गहुँ लगाउन नपाइने हो कि भन्ने चिन्तामा...










