समाचार

तिलिचो ताल घुम्न गएका युवकको लेक लागेर मृत्यु

लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली...

तस्बिरमा हेनुहोस् हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी । कात्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइएको छ । बुढानिलकण्ठमा एकादशीको रौनक यस्तो रह्यो । तस्बिर : न्युज कारखाना

ओखलढुङ्गा बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, मृतक सबै रुप्सेका

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दुर्घटनामा परि मृत्यु हुने तीनैजना मृतकको पहिचान खुलेको छ । मृत्यु हुने तीनैजना सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मृत्यु हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका वर्ष ३५...

‘चोलेन्द्ररहीत अदालत नै नेपाल बारको बटमलाइन हो’ : अधिवक्ता भट्टराई

नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् । न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश राणाको राजीनामा भन्दै आएका भट्टराई त्यसपछि अन्य सुधारका कार्यक्रम अघि बढ्ने बताउँछन् । तर, प्रधानन्यायाधीशले राजीनामा...

ककनी बोलेरो दुर्घटना अपडेट : ३ को मृत्यु १४ घाईते

ओखलढुङ्गा । ओखलढुङ्गाको च्यानम हुदै चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । घटनामा परि वोलेरोमा सवार अरु १४ जना घाईते भएका छन् । सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम हुदै ककनी बजार तर्फ गएको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी व्रत उपासना गरिँदै

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि...

एकादशी बजार भर्न चम्पादेवी हिँडेको जीप सुनकोशीमा दुर्घटना, हताहतिको आशंका

ओखलढुंगा । एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको बोलेर सोमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेको वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे । दुर्घटनामा परी केही यात्रुको हताहती भएको प्रारम्भिक जानकारी प्राप्त...

प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न न्यायाधीशहरुलाई बारको पत्र

काठमाडौं । नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको छ । आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेका इजलासमा नबस्न आग्रह गरेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले २६ गतेकै निर्णयअनुसार पत्र पठाइएको न्युज कारखानालाई बताए । ‘सबै न्यायाधीशलाई विवादित...

अदालतमा भएका घटनाले कांग्रेस चिन्तित छ, अदालतबाटै उचित निकास निकाल्नुपर्छ : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अदालतमा भइरहेका घटनाले कांग्रेसलाई चिन्तित बनाएको बताएका छन् । ‘अदालतमा भएका घटनाले जनविश्वास र आस्थामा आघात पुगेको छ र यसमा नेपाली कांग्रेस चिन्तित छ । यो कुरालाई अदालतले नै आमत्सात गरेर उचित समाधान दिनुपर्छ,’ बुढानिलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि...

सांसदसगँ पीडा पोख्दै मकवानपुरका वनकरिया

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरीमा वस्तीमा बागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्री देखि सांसदहरुसम्म पुगेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले उनीहरुको समस्या बुझेका...