समाचार

अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ ।

मकवानपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३४ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।आजको संक्रमित दर ३४ प्रतिशत रहेको छ। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको...

पूर्वन्यायाधीशहरुले भनेः प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

काठमाडौं । पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ । नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘… रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता...

महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

महोत्तरी । महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी गाउँपालिका–४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा–५ स्थित बथनाहामा चार...

एमालेले छान्यो उपत्यकाबाट ८२ प्रतिनिधि (नामसहित)

काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ । १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ ।...

जन्मदिन मनाउन भेला भएका युवाबीचको विवाद झडपमा परिणत, एकजनाको हत्या

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–१ मा एकजनाको हत्या भएको छ । मदिरा सेवनपछि युवाबीच भएको झगडाले उग्र रुप लिँदा एकजनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राति स्थानीय नानु लिम्बुको भतिजीको जन्मदिन मनाउँदै गर्दा दुईपक्षका युवाबीच झडप भएको हो। बूढीगंगा–६ का २३ वर्षीय धनबहादुर तामाङ,...

ओखलढुंगा दुर्घटना अपडेटः एकै गाउँका चार जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा ज्यान गएको छ । सुनकोसी गाउँपालिका(९ कटुञ्जेमा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका(९ को...

कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

सुर्खेत । कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर्माण सम्झौता(पत्रमा हस्ताक्षर...

अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ

सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास...

शिक्षा मन्त्रालयकै अनुमतिमा सञ्चालित दुई अवैध कलेज

काठमाडौँ । शिक्षण संस्थाको अनुगमन र नियमन गर्ने शिक्षा मन्त्रालयकै अनुमतिमा अवैध रूपमा कलेज सञ्चालन गरेको पाइएको छ । विदेशी सम्बन्धनका कलेजको सेयर दिने प्रलोभनमा करोडौं ठगी गर्ने सञ्जय झाले शिक्षामन्त्रीदेखि कर्मचारीसम्मको मिलेमतोमा नेपालमा अवैध रूपमा दुई वटा कलेज सञ्चालन गरिरहेको तथ्य फेला परेको हो । कलेजको नाममा ३ करोडभन्दा बढी...