समाचार
हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर। हेटौंडा उपमाहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २५ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । गएराति हेटौंडाबाट पथलैया तर्फ जाँदै...
प्रचण्डका बदनाम घरबेटी, ठेक्का लिने काम फिटिक्कै नगर्ने
वर्षौंसम्म सडक आयोजनालाई अलपत्र पार्ने ठेकदारमा पर्छन्, शारदा प्रसाद अधिकारी । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालका घरबेटी भनेर चर्चित पनि छन् । त्यही राजनीतिक आडमा भएभरका आयोजना हात पार्ने र वर्षौं अलपत्र पार्ने उनको नियतिनै बनेको छ । त्यसैले त उनलाई आमसर्वसाधरण पनि ‘बदनाम’ ठेकेदाका रुपमा चिन्छन्...
सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, हत्या भएको भन्दै परिवारले दियो जाहेरी
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित रिह्याब सेन्टर (सुधार केन्द्र) मा एकजना युवकको शंकास्पद मृत्यु भएको छ । ‘अल्कोहलिक’ भएर रिह्याबमा राखेको तीन दिनमा तनहुँ घर भएका २५ वर्षीय टुकराज श्रेष्ठको मृत्यु भएपछि परिवार आक्रोशित भएका छन् । स्थानीय पासिकोटमा रहेको ‘वे अफ लिभिङ ड्रग्स एण्ड अल्कोहल’ रिह्याबमा कात्तिक २४ गते...
एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कर्णालीको मन्त्रीमा नियुक्त
सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदमा एक जना सदस्य थपेका छन्। उनले मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ। उनको बेलुका साढे...
ढुंगा तस्करीको अखडा बन्यो चित्लाङ–थानकोट सडक, ५५ वर्षमा पनि सकिएन स्तरोन्नति
काठमाडौं । ५५ वर्षअघि पाँच वर्षको श्रमदान लगाएर चित्लाङ–चद्रागिरि–थानकोट सडकको ट्रयाक खोलिएको थियो । पाँच दशकअघि ट्रयाक खोलिएको यो सडकको स्तरोन्नती अहिलेसम्म सकिएको छैन । ढुंगा व्यापार गर्ने गिरोहको संलग्नताले सडक स्तरोन्नतिको काम अगाडि बढ्न सकेको छैन । सकड स्तरोन्नतिको काम छिटो गर्नेभन्दा पनि त्यहाँ आएका ढुंगा बेच्नमै ठेकेदार...
२३ प्रतिशत सकियो नागढुङ्गा सुरुङमार्ग निर्माण
काठमाडौँ । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ,...
‘धेरै आश्वासन र धोका पाइयो’ : धुर्मुस
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा परेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ । तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले बताएका छन् ।...
प्रदेश २ का मन्त्री राम नरेश राय बर्खास्त
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन्। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो। यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर उनले मानेका थिएनन्। मन्त्रीलाई बर्खास्त...
हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडाध्यक्ष
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे(४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि...
डोटीमा कैदीबन्दीहरुलाई कम्प्युटर तालिम
डोटी । डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा...










