समाचार

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले तोकेका ९ इजलासमा २५९ मुद्दाको पेसी चढाइएको छ। प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् । नेपाल बार एसोसिएसनले हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो । हिजो...

ई-पासपोर्ट लिन कति लाग्छ खर्च ?

काठमाडौं । सरकारले आजबाट ई–पासपोर्ट जारी गरेको छ । राहदानी विभागको नयाँ भवन त्रिपुरेश्वस्थित सो पासपोर्ट जारी गरेको हो । विभागले ई–पासपोर्ट सात थरीका जारी गरेको छ । जसमा कुटनीतिक, विशेष, अस्थायी, साधारण, सम्यान्स अभिलेख किताब स्लेट र सर्भिस जारी गर्ने भएको छ । उक्त जारी गरेको पासपोर्टको दस्तुर...

थपिए ४१२ कोरोना संक्रमित, १ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०६ जनाको पीसीआर परीक्षणमा ३६३ र १ हजार ८८७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४...

रौतहट कारागारमा कैदी मृत भेटिए

रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए । २०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी...

प्रहरीले अब विभूषण र तक्मा बापत अंक नपाउने !

काठमाडौं । सरकारले दिने विभूषण, तक्मा र अलंकार वापत प्रहरी कर्मचारीले पाउने अंक खारेज हुने भएको छ । कार्यसम्पादन मूल्यांकनमा अंक जोडिने भएकाले विभूषण लिन अस्वस्थ प्रतिष्पर्धा बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालय, नक्सालले विभूषण वापतको अंक खारेज गर्ने प्रस्ताव गृह मन्त्रालयमा लगेको थियो । त्यसअनुसार गृहले यसवापत पाइने २...

कांग्रेस मकवानपुरगढीद्वारा गाउँपालिकामा तालाबन्दि

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाले बुधबार (आज) गाउँपालिकामा तालाबन्दि गरेको छ । गाउँपालिकाको कार्यशैलीप्रति आपति जनाउँदै र आफ्ना मागहरु सम्बोधन नभएको भन्दै काँग्रेस मकवानपुरगढीले पत्रकार सम्मेलन मार्फत पालिकामा तालाबन्दि गरेको हो । स्थानिय सरकारले जनताको हितका निमित्त कामहरु नगरी विभिन्न शीर्षकमा कर थुपारी राजस्व संकलन गर्ने नाममा खोलाको...

प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्षमा कार्की

रौतहट । प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्षमा डिल्ली बहादुर कार्की चयन भएका छन् । बुधबार चन्द्रपुरमा भएको अधिवेशनबाट उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा बिजय साह सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राजेन्द्र कुँवर, चन्देश्वर राउत, विकास श्रीवास्तव,...

राजीनामा दिएर हिँडेका रसुवा कांग्रेसका निर्वाचन अधिकृत पक्राउ

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनका लागि रसुवामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत सुमन केसीलाई प्रशासनले नियन्त्रणमा लिएको छ । आफूले निर्वाचन गराउन नसक्ने भन्दै मंगलबारै केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाएर काठमाडौं फर्कदै गरेका केसीलाई प्रहरीले बाटोबाटै पक्राउ गरी पुनः रसुवा फर्काएको हो । रसुवामा मंगलबार कांग्रेसको स्थानीय तहस्तरको...

मनहरीमा एमाले नेता योगेश भट्टराई आउँदै

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा आज (बुधबार) नेकपा एमालेका सचिव योगेश भट्टराई आउने भएका छन् । बिहीबार नेकपा एमाले मनहरीको गाउँकमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आएर बस्ने कार्यक्रम तय भएको हो । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलन सकाएर...

हुप्राचौर सरसफाइ अभियानमा नगर प्रहरी

मकवानपुर । हेटौंडा–४ मा रहेको हुप्राचौरको सरसफाइमा नगर प्रहरी जुटेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रको सबै भन्दा ठुलो खेल मैदान र खुल्ला क्षेत्रमा घाँस र अन्य फोहोर समेत हुन थालेपछी नगर प्रहरी यो अभियानमा लागेको हो । आज देखि पुनः हुप्राचौरको सफाइ अभियान सुरु गरिएको र नसकुन्जेल सम्म...