कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

अखबार हब
२०७८ मंसिर ३, शुक्रबार १२:५४

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई बिहीबार नेपाल बार एशोसिएसनको कार्यालयमा पुगेर अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनीहरुले कानून व्यवसायीहरुलाई गरेको अभद्र व्यवहारबारे बयान लिने काम जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*