संचारकर्मीको सम्मानमा ‘नेपाल मिडिया अवार्ड’ हुने

अखबार हब
२०७८ मंसिर २, बिहीबार १४:०९

काठमाडौं । संचारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक मिडिया अवार्डको आयोजना हुने भएको छ । ड्रिम हाई नेपाल प्रालिको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमको पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरियो ।

‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्डमा २५ विधा हुने आयोजकले बताएको छ । आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जीसीले भने–‘टेलिभिजन, छापा, मिडिया, एफएम, रेडियो र अनलाइन पत्रकारिता अन्र्तगत संचार माध्यम र संचारकर्मीहरुको पछिल्लो एक बर्षयताको उपस्थिती र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ । साथै, भुगोलतर्फ सात प्रदेशबाट २–२ जना पत्रकारलाई पनि सम्मानिति गरिनेछ । यस्तै, नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउनु हुने दुई विशिष्ट संचारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’बाट सम्मान प्रदान गरिनेछ ।’

नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पूर्व अध्यक्षसहित ५ सदस्यीय निर्णायक टिमले संचारकर्मीको छनोट गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*