समाचार

किशोरी तथा महिलामाथि हुने सबैखाले हिंसाको खुलेर प्रतिकार गरौँ : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले किशोरी तथा महिलामाथि हुने सबैखाले हिंसाको खुलेर प्रतिकार गर्न युवाहरुलाई आग्रह गर्नु भएको छ । प्रदेश युवा परिषदले आयोजना गरेको आत्मरक्षासम्बन्धि दुइदिने तालिमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले किशोरीहरुले हिंसा सहेर होइन हिंसाको प्रतिकार गर्ने बानिको विकास गर्नुपर्नेमा जोड दिनु भभएको...

सवारी दुर्घटनामा २७ वर्षीय डा निखिलको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परेर एक चिकित्सकको मृत्यु भएको छ। विराटनगरमा बिहीबार राती भएको दुर्घटनामा २७ वर्षीय डा निखिल पन्जियारको मृत्यु भएको हो। मोरङ जिल्ला प्रहरीका एसपी जनार्दन जिसीका अनुसार बिहीबार राती साढे ११ बजे भएको दुर्घटनामा डा पन्जियार गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै कोशी अस्पताल लगिएको थियो।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो। विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेका छौ।’

दुई दर्जन बिमा लेख संशोधन

काठमाडौं । बिमा समितिले कृषि तथा पशुपंक्षीसँगसम्बन्धी करिब दुई दर्जन जारी बिमालेखलाई संशोधन गर्ने भएको छ। समितिले जारी बिमालेखलाई समयसापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले संशोधन गर्न लागेको हो। कृषिसँग सम्बन्धित २५ वटा बिमालेख जारी भएका छन्। यसमध्ये समितिले सोमबार कफी खेती बिमालेखलाई संशोधन गरेको बिमा समिति कृषि तथा पशुपंक्षी...

कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई बिहीबार नेपाल बार एशोसिएसनको कार्यालयमा पुगेर अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका...

सर्वोच्चमा कालोकोटधारी प्रहरीको घेरामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको...

सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन...

संचारकर्मीको सम्मानमा ‘नेपाल मिडिया अवार्ड’ हुने

काठमाडौं । संचारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक मिडिया अवार्डको आयोजना हुने भएको छ । ड्रिम हाई नेपाल प्रालिको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमको पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरियो । ‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्डमा २५ विधा हुने...

सर्वोच्च अदालतका न्यायाधीशहरुको छलफल सुरु

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो । यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली...

लोकमार्गको काममा ढिलासुस्ती भएपछि विरोध उत्रिए युवा

बागलुङ । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम...