प्रचण्डले यसरी सम्झिए छोरा प्रकाशलाई

अखबार हब
२०७८ मंसिर ३, शुक्रबार १८:५४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको योगदानको स्मरण गरेका छन्।

शुक्रबार प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा उनले राष्ट्रका लागि छोरा प्रकाशले खेलेको भूमिका ऐतिहासिक भएको बताएका हुन्।

छोरा प्रकाश दाहालबारे प्रचण्डको भनाइ
प्रकाश दाहालको स्मृति साँच्चै नै युवाहरूको निम्ति एउटा महत्त्वपूर्ण स्मृति हो। नेपालमा खासगरी म दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा देशमा निर्वाचनको वातावरण बनाउने, देशमा राष्ट्रिय एकताको वातावरण बनाउने र निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने क्रममा प्रकाश दाहालको भूमिका निकै ठूलो थियो। आम नेपाली युवाहरूको प्रतिनिधिका रूपमा प्रकाश दाहालको भूमिका साँच्चै ऐतिहासिक थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*