समाचार

कपिलवस्तुमा विप्लवका सेक्रेटरीसहित १८ जना पक्राउ

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा कपिलवस्तुमा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा जिल्ला इन्चार्ज पदम केसीले भने २४ जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका बताएका छन् । बजार र यातायात बन्द गराउँदै हिँडेका जिल्ला सेक्रेटरी कमल...

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको...

प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ । आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै...

चितवनमा बन्दको सामान्य प्रभाव, नेकपाका जिल्ला अध्यक्षसहित ११ जना पक्राउ

चितवन । खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव परेको छ । बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट चलेका छन् । मोटरसाइकल र अटोहरू भने सदाझै निर्वाध चलेका...

घरबाटै प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् । उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ...

बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वोच्चमा धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो । प्रधानन्यायाधीश जबराले सोमबार...

मकवानपुरमा विप्लव समूहको बन्दले जनजीवन प्रभावित

मकवानपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बागमती प्रदेशको राजधानी हेटौंडा बजार बिहानैदेखि सुनसान देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज देशै भरि विप्लव समुहले बन्दको आहावान गरेको छ । बन्दको कारण लामो तथा दुरीका सवारी संचालन नहुँदा यात्रुले सास्ती पाएका...

राक्सिराङमा एक्साभेटरमा आगजनी, दुईवटामा तोडफोड

मकवानपुर । मकवानपुरको राक्सिराङमा अज्ञात समूहले एउटा एक्साभेटरमा आगजनी गरेको छ । सो समूहले अन्य दुईवटा एक्साभेटरमा तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको राक्सिराङ गाउँपालिका–४ गिंगु खानीमा एउटा एक्साभेटरमा आगजनी भएको हो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किङमा रहेको तीनवटा...

मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु फरेस्ट्री क्याम्पसको सांकेतिक प्रदर्शन

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थानका विद्यार्थीले सांकेतिक प्रदर्शन गरेको छ । अनेरास्ववियु मकवानपुरको संघर्षको कार्यक्रम स्वरूप शनिबार मसाल जुलुस भएको थियो, हिजो मकवानपुर बहुमुखी क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको थियो...

हेटौँडाको फरेष्टि क्याम्पस नजिकै वेवारिस्से शव फेला

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस) नजिकै अन्दाजी ३५ बर्षको एक युवाको शव फेला परेको छ । नाकबाट रगत बगेको अवस्थामा फरेष्टि क्याम्पस नजिकै घारीमा शव फेला परेको हो । मृतकको पहिचान नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...