हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अखबार हब
२०७८ मंसिर १, बुधबार ०९:१६

मकवानपुर। हेटौंडा उपमाहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २५ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

गएराति हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिदा दुर्घटना भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*