एकीकृत समाजवादीका चन्द्रबहादुर शाही कर्णालीको मन्त्रीमा नियुक्त

अखबार हब
२०७८ कार्तिक ३०, मंगलवार १७:३६

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदमा एक जना सदस्य थपेका छन्।

उनले मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ।

उनको बेलुका साढे ५ बजे सपथ ग्रहण कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*