हुप्राचौर सरसफाइ अभियानमा नगर प्रहरी

अखबार हब
२०७८ मंसिर १, बुधबार १०:०३

मकवानपुर । हेटौंडा–४ मा रहेको हुप्राचौरको सरसफाइमा नगर प्रहरी जुटेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रको सबै भन्दा ठुलो खेल मैदान र खुल्ला क्षेत्रमा घाँस र अन्य फोहोर समेत हुन थालेपछी नगर प्रहरी यो अभियानमा लागेको हो ।

आज देखि पुनः हुप्राचौरको सफाइ अभियान सुरु गरिएको र नसकुन्जेल सम्म सफाइ अभियानलाई निरन्तर्ता दिइने नगर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिए ।

हुप्राचौरमा उपमहानगरपालिकाले वाकिङ ट्रयाक निर्माण गरेको छ । खेलमैदानमा खेल्नका लागि समस्या हुँदै आएको थियो । अब सफाइ गरेपछी थप सहज हुने छ । यसअघि पनि हुप्राचौर सफाइ गरिएको थियो । तर, अहिले फेरी घास, वनमाराको झार, प्लाष्टीकका बोत्तलले फोहोर भएकाले सफाइ अभियानमा जुटेको ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*