मकवानपुरमा विप्लव समूहको बन्दले जनजीवन प्रभावित

अखबार हब
२०७८ कार्तिक ३०, मंगलवार ०८:५९

मकवानपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बागमती प्रदेशको राजधानी हेटौंडा बजार बिहानैदेखि सुनसान देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज देशै भरि विप्लव समुहले बन्दको आहावान गरेको छ ।

बन्दको कारण लामो तथा दुरीका सवारी संचालन नहुँदा यात्रुले सास्ती पाएका छन् भने बजार बन्दले सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । विशेषगरी हेटौंडा बजार क्षेत्रका पसलहरु खुलेका छैनन् । बन्दकर्ताहरूले बिहानै बजारको मुख्य चोकमा झण्डा सहित बन्द आव्हान गर्दै आफ्नो उपस्थिति देखाईरहेका छन् ।

मकवानपुर हुंदै चल्ने पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथमा सवारीका साधनहरु चलेका छैनन् । हालसम्म कुनै अप्रिय घटना नभए पनि जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए । बन्दको प्रभाव कम गर्न हेटौंडाका चोक चोकमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*