एकादशी बजार भर्न चम्पादेवी हिँडेको जीप सुनकोशीमा दुर्घटना, हताहतिको आशंका

अखबार हब
२०७८ कार्तिक २९, सोमबार ०९:२५

ओखलढुंगा । एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको बोलेर सोमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेको वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।

दुर्घटनामा परी केही यात्रुको हताहती भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ ।

प्रहरी चौकी कोषहाटको टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका–१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*