सांसदसगँ पीडा पोख्दै मकवानपुरका वनकरिया
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरीमा वस्तीमा बागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्री देखि सांसदहरुसम्म पुगेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले उनीहरुको समस्या बुझेका हुन् ।
खुल्लाचौरमा गरिएको अन्तरक्रियामा वनकरियाहरुले वषौंदेखिको जंगली जिवन छोडेर पछी वस्दै आएको जमिनको लापलपुर्जा पाउनुपर्ने, गाउँमा बिद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेशसभाका सदस्यहरुले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दवाव दिने बताए ।
जनताको पहुँचमा सांसदहरुलाई अझै पहुँच योग्य वजाउनका लागि यो कार्यक्रम वनकरिया वस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसंग प्रतक्ष संबाद कार्यक्रम राखिएको हो ।
वनकरियाका कारण मकवानपुर चिनिएको छ–पूर्व मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी भएको वताउनु भएको छ । कार्यक्रमलाई संबोधन गर्दै उनले यो वस्तिलाई व्यवस्थित बनाउनका लागि आफुहरुले तीनै तहका सरकारलाई दवाब दिने बताए । वनकरिया मसुदायले पनि लालपूर्जा पाउने चरणमापुग्दा भूमि आयोगनै खारेज भएकोमा आपत्ति जनाए । यहाँको वस्तीलाई स्थायी रुपमा राख्नका लागि वनकरिया समुदाय र आफुहरुको पहल हुने बताए ।
यो वस्ती नजिक बिद्यालय नहुँदा समस्या भएकोले विद्यालय खोल्नुपर्नेमा जोड दिदै पौडेलले भने–‘स्कुल खोल्न हामी लाग्छौं । अहिले यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो त्यती सम्म निशुल्क हुनुपर्छ । अझै विद्यालय स्तरमा पढ्नका लागि त शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वतावरण तयार पार्छ ।’
यस वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुलीको उचित व्यवस्थापन गर्न सरकारलाई आफुहरुले दवाव दिने उनले बताए ।

वनकरियाहौं भनेर हिनताबोध नगरौं–निवर्तमान राज्यमन्त्री श्रेष्ठ
बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफुले आफुलाई वनकरियाहौं भनेर हिनताबोध नगरीकन काम गर्नका लागि आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने–‘यो समुदायको विकास गर्न हामि लाग्छौं । अब तपाइहरु र हामी सबै एउटै हौं त्यसैले कुनैपनि काममा अग्रसर भएर लागौं ।’ यस समुदायको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर काम गरिने बताए । हरेक समस्याको समाधान हुने भएकाले आयआर्जन र बृद्धी बिकासमा लाग्न उनले आग्रह गरेका छन् ।
वनकरियाका समस्या बुझन गाउँमै आएका हौं–प्रदेशसभाका सदस्य चेपाङ
बागमती प्रदेशसभाका सदस्य सन्त चेपाङले वनकरियाका समस्याहरु बुझ्नैका लागि आफुहरु गाउँमै आएको वताउनु भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सिमान्तकृत लोपन्मुख समुदायको समस्या बुझेर त्यही अनुसार काम गरिने बताए । यस वस्तीमा सरकारले ध्यान दिनुपर्ने कुरामा उनले जोड गरे ।
आत्मनिर्भर वन्न लागौ–प्रदेशसभाका सदस्य ओम बहादुर ग्लान
बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाहरु प्नि अब आत्म निर्भर वन्नका लागि लाग्नुपर्ने बताएका छन् । जिवन बाच्नकै लागि संघर्ष गरिने वताउँदै उनले भने–‘आफै आत्मनिर्भर वन्नका लागि सोचौं तपाइहरुले छिट्टै जग्गाको पूर्जा प्राप्त गर्नुहोस भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’ यही वस्ती व्यवस्थि तगर्नका लागि आफुहरुले सहयोग गर्ने बताए । नागरिकले भनेको जस्तो कानून तत्काल वनाउन नसक्दा समस्या भएको बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको वस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसंग पहल भइरहेको बताए । मनहरीमा ८ सय परिवार सुकुम्वासी रहेको बताए । कार्यक्रममा मनहरी–४ का वडा अध्यक्ष धुर्ब खड्काले यस वस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताए । मनहरी–४ का वडा सदस्य बिष्णु चेपाङले बिद्यालय टाढा हुँदा ठुलो समस्या भोग्नुपरेको बताए ।

जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सांसदहरुले समुदायमै गएर छलफल गर्दा स्थानीयहरुका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दवाव दिन सहज हुने बताए ।
कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष वनकरियाले बषौदेखि जग्गाको उपभोग गर्दै आएका छौं तर, आफ्नो नाममा नहुँदा समस्या भएको बताए । आफुहरुलाई काम गर्नका लागि कुनै अपठेरो नभएको वताउँदै उनले भने–‘जग्गा छ । खेती गर्दै आएका छौं । तरकारी पनि लगाएका छौं । तर, वारम्वार वन कार्यालयले वस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौं । बर्षायाममा बाढी आएर भाग्नुपर्ने बाध्यता त्यतीनै छ ।’
स्थानीय ठुलिमायाँ वनकरियाले आफुहरु पहिले जंगलका वडारमा बसेको भएपनि अहिलेको पुस्तालाई यही वस्ने वातावरण मिलाउनका लागि सांसदसंग माग गर्नुभयो । तत्काल विरामी हुँदा एमुलेन्स आउन सक्ने सडक नहुँदा समस्या परेको उनले दुखेसो पोख्नुभयो । स्थानीय बुद्धराम प्रजाले यसक्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताए । सरकारले यो वस्तीबाट हटाउन खोज्ने भन्दा पनि स्थायी रुपमा वसोवास गराउनुपर्ने स्थानीय कान्छीमायाँ वनकरिया बताउँछन् ।







