ओखलढुङ्गा बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, मृतक सबै रुप्सेका
ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी ककनी बजार तर्फ तिर्थ यात्रीहरु बोकेर गएको गाडी दुर्घटनामा परि मृत्यु हुने तीनैजना मृतकको पहिचान खुलेको छ । मृत्यु हुने तीनैजना सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
मृत्यु हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका वर्ष ३५ का मिठुमाया मगर, सोही स्थानका वर्ष १७ की तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका चारजनालाई भने हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
दुर्घटनामा परि घाईते भएका अरुकेहीको अस्थाई हेल्थ यूनिट कोषहाटमा उपचार भैरहेको र केहीलाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।







