२४ घण्टामा नेपालमा २६० मा कोरोना पुष्टि, ४७८ जना संक्रमणमुक्त

अखबार हब
२०७८ कार्तिक २७, शनिबार १७:०२

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ५ हजार २२५ पीसीआर परीक्षणमा २६० जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६७५ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा ३ हजार १८ परीक्षण हुँदा ३५ जनामा पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ । २४ घण्टामा ३४ हजार ७१६ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*