पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बुटवलमा चक्काजाम

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १२:२२

बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्।

बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्।

यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ।

अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको बताए।

पहिलो दिन बिहिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको र मुल्यबृद्धी फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम गर्ने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*