समाचार
बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने
मकवानपुर । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने...
नेत्रोदय माविका विद्यार्थीले पाए विद्यालय पोशाक र झोला
बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको नेत्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागी विद्यालय पोशाक तथा झोला वितरण गरीएको छ । फिटवेल गार्मेन्ट उद्योग काठमाडौँकोे सहयोगमा उक्त विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा झोला वितरण गरीएको हो । फिटवेल गार्मेन्ट उद्योगका प्रोपाईटर तथा...
मउवा संघमा अग्रवाल प्यानलको बहुमत
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको कार्तिक ९ मा सम्पन्न ५४ र ५५ औं साधारणसभा तथा निर्वाचनबाट कृष्णकुमार गुप्ता (अग्रवाल)प्यानलले नेतृत्वमा बहुमत कायम गरेको छ । संघका निवर्तमान अध्यक्षसमेत रहेका राजकुमार न्यौपाने र गुप्ता नेतृत्व बीचको कार्यसमिति चयनका लागि भएको निर्वाचनमा २७ मध्ये १९ पदमा गुप्ता प्यानलका उम्मेदवार विजयीहुँदै...
२४ वर्षीय महिलाले जन्माइन एकैपटक चार शिशु
रुपन्देहीमा २४ वर्षीय एक महिलाले एकै पटक ४ वटा शिशुलाई जन्म दिएकी छन् । पाल्पाकी सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा चम्ल्याहा शिशु जन्माएकी हुन् । पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी सिताले हिजो दिउँसो २ बजे ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिनुभयो ।...
सिंहदरबारमा राष्ट्रियसभा उपाध्यक्षका पीएसओको पेस्तोलबाट गोली चल्यो
राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ। बुधबार सिंहदरबारमा दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो...
घट्यो विद्युत् महशुल, मंसिरदेखि लागू हुने
काठमाडौँ । काठमाडौँ — विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको हो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुनेछ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट...
सर्वोच्च प्रवेशमा पत्रकारलाई रोक, सुरक्षा व्यवस्था कडा
काठमाडौँ । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। समाचार संकलनमा जाने पत्रकारहरूलाई समेत सर्वोच्च प्रवेशमा रोक लगाइएको छ। यसअघि पत्रकारहरू पास देखाएर नियमित समाचार संकलनमा गइरहेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा विवाद चर्किएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारिएको हो।
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण अग्रवालको जित
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघमा कृष्णकुमार गुप्ता (अग्रवाल)ले विजय हासिल गरेका छन् । संघका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई ९१ मतले पराजित गर्दै अग्रवाल विजयी भएका हुन् । अग्रवालले एक हजार २ सय ४६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी न्यौपानेले १ हजार १ सय ५५ मत मात्रै...
मउवा संघ निर्वाचन : वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । बुधबार बिहान भएको मतगणनाअनुसार अनिल अग्रवालले ६७२ मत प्राप्त गरेका छन् भने वाणिज्यतर्फका अर्का उपाध्यक्षका आकांक्षी रामप्रसाद न्यौपानेले ६१८ मत प्राप्त गरेका छन् । यसैगरि सदस्यहरुमा कुल प्रसाद चौलागाई,अनिल भक्त श्रेष्ठ,दिवश पराजुली,नेत्र प्रसाद खतिवडा,माधव ज्ञवाली,विकेशलाल...
मउवा संघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा अधिकारी र एसोसियट उपाध्यक्षमा चौलागाईं विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत ल्याएर विजयी भएका हुन्। निर्वाचनमा अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गरेका थिए । यसैगरी एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं विजय भएका छन् । चौलागाईले ६३ मत...










