करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

अखबार हब
२०७८ कार्तिक २२, सोमबार १४:५५

मकवानपुर । करेन्ट लागेर मकवानपुरका एक विद्यार्थी नेताको निधन भएको छ ।

मत्यु हुनेमा हेटौंडा–१७ का २८ बर्षीय गिरिजा अधिकारी रहेका छन् । गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । अधिकारी यसअघि नेकपा माओवादी निकट विद्यार्थी संगठनका नेता थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए । अधिकारी नेकपा (एकीकृत समाजवादी) का हेटौंडा नगर सचिव समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*