आगलागी पिडित लामिछानेलाई तरुण नेता सापकोटाको ५१ हजार सहयोग
मकवानपुर । हेटौंडा उपमाहानगरपालिका ८ कमाने स्थित रामकृष्ण लामिछानेले सञ्चालन गरेको आरके किराना पसलमा गत कार्तिक २५ गते लागेको आगलागीले क्षति पुराएको भन्दै राहात स्वरुप तरुण नेता योग्यराज सापकोटाले नगद सहयोग गरेका छन् ।
ग्यास सिलिन्डर पड्केर पसलमा आगलागी भएको थियो । आगलागीमा १० लाख भन्दा बढीको क्षति भएको थियो ।
सोमबार आगलागी स्थलमा पुगी तरुण दल बागमती प्रदेश सदस्य योग्यराज सापकोटाले ५१ हजार नगद सहयोग गरेका हुन् ।
आगलागी पिडित लामिछाने र विकास दंगाललाई तरुण दल हेटौंडा नगर सदस्य सरोज श्रेष्ठ , नेपाली कांग्रेस नगर सदस्य आवेश लामा ,तरुण दल हेटौंडा ८ का सभापती अच्युतम पौडेल ,तरुण दल हेटौंडा नगर सदस्य सरोज श्रेष्ठ को उपस्थितीमा सापकोटाले चेक हस्तान्तरण गरेका थिए । सापकोटाले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् ।







