पछिल्लो २४ घन्टामा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार १७:१३

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। नौ हजार सात सय ७१ जनाको पिसिआर परीक्षण गर्दा पाँच सय ६९ जना र दुई हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६ सय २२ जना कोरोनामुक्त भएका छन्। हाल देशभर १० हजार दुई सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*