ग्याँस चोरी गर्ने तीन जना मकवानपुर प्रहरीद्वारा पक्राउ

अखबार हब
२०७८ कार्तिक ३, बुधबार १७:५७

मकवानपुर । ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं.६ नयाँबस्ती बस्ने ४३ वर्षीय भरत कार्की, चुनु कुमार र बिपिन कुमार रहेका छन् ।

कार्कीले बुलेट ग्यास ट्यांकी चालकहरुसंग समन्वय गरी बुलेट ग्यास ट्यांकीबाट ग्यास सिलिण्डरमा ग्यास भरेर ग्यास सलिण्डर गाउँ घरमा बेच्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा चोरीमा संलग्न तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले भरत कार्कीको होटलबाट बिभिन्न कम्पनीको खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी जम्मा ३१ थान बरामद गरेको छ । ग्याँस बोक्ने गाडी एनएल ०१ एन ०१३१ का चालक चुनु र युपी ७० विटी ९९९६ का चालक बिपिन सहित कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक दासले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*