‘सबैको साथ सहयोग भयो भने सुशासन अभियान पार्टीमा परिणत हुन्छ’ : संयोजक खरेल

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १९:४९

मकवानपुर। नेपाल सुशासन अभियानका संयोजक रमेश खरेलले आफुले सुरु गरेको अभियानलाई सबैको साथ सहयोग रहेमा आफ्नो अभियान पार्टीमा परिणत हुने बताएका छन् ।

आज हेटौंडामा भएको नेपाल सुशासन अभियानको भेलामा बोल्दै नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका खरेलले भ्रष्टाचारविरूद्ध आफुहरुको अभियान सक्रिय भएर अघि बढ्ने बताए । उनले भष्ट्राचार न्यूनिकरण गर्न भ्रष्टचार विरुद्ध सबैले खुलेर बोल्नुपर्ने बताए ।

उनले आउँदो दिनमा अभियान राजनीतिक पार्टीमा गए पनि राजनीतिलाई पेशाको रुपमा नभई सेवाको रुपमा अघि बढाउने बताए ।

संयोजक खरेलले भने,‘तपाईहरुको साथ भयो भने यो सुशासन अभियान भोली नेपाल सुशासन पार्टीमा बदलिएर राष्ट्रको साच्चिकै परिवर्तन गर्नेछ भन्नेमा विश्वास दिलाउन चाहान्छु ।’

उनले भ्रष्टाचारविरुद्ध सबै एक भएर अघि बढ्न अनुरोध गरेका छन् ।

यसैगरि भेलाले नेपाल सुशासन अभियानको हेटौंडा उपमहानगरपालिका कमिटी निमार्ण गरेको छ । महेश मगरको नेतृत्वमा १७ सदस्सीय तदर्थ समिति समेत निमार्ण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*