धनुषाको खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर बजार परिक्रमा

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १६:२९

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका छन्।

ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार घुमाएका छन्। कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए।

प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन्। मेयर साहलाई समेत कारबाही गर्ने उनीहरूले चेतावनी दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*