बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले २ लाख राहत दिने

बासस्थान भत्किएकालाई प्रतिघर ५० हजार
अखबार हब
२०७८ कार्तिक ३, बुधबार १७:४५

काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।

बासस्थान भत्किएकालाई प्रतिघर ५० हजार
सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार नै सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*