बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४० जना अझै बेपत्ता

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १९:१५

काठमाडौं । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए ।

‘‘अहिलेसम्म १०१ जनाको मृत्यु भइसकेको छ । बेपत्ताको खोजिकार्य जारी छ । घाईतेहरूको उद्धार कार्य पनि जारी छ,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*