धरानमा पहिरोले पुरिएर दिदीभाइको मृत्यु

अखबार हब
२०७८ कार्तिक २, मंगलवार १८:२७

मोरङ । धरान १३ मा पहिरोमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १३ को नागेश्वर मार्गमा खसेको पहिरोले निशान राईको घर पुरिँदा उनका छोरा र छोरी बेपत्ता भएका थिए । बेपत्ता ७ वर्षकी निसु राई र ४ वर्षका निहान राईको शव फेला परेको छ । उनीहरुको घरमा मंगलबार दिउँसो २ बजेतिर पहिरो खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*