बंगलादेशमा हिन्दू लक्ष्यित हमला, सामाजिक सञ्जालमा चर्को बिरोध

अखबार हब
२०७८ कार्तिक ३, बुधबार १३:१८

बंगलादेशमा जेहादी आतंकवादीहरुले हिन्दू धर्मावलम्बीलक्षित हमला गरेका छन् । हिन्दू धर्मावलम्वीहरुले नवरात्रीपश्चात् दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा उनीहरुले उक्त हमला गरेको बताइएको छ ।

जेहादी आतंकवादीको हमलामा १० जना हिन्दूले ज्यान गुमाएको विषयलाई लिएर नेपालमा बिरोध हुन थालेको छ ।आतंकवादीहरुले १० हिन्दूको हत्या, १८ हिन्दूलाई बेपत्ता,२३ हिन्दू महिलाहरूको बलात्कार,१ सय ७ दुर्गा पूजास्थल ध्वस्त,१५ वटा मन्दिरमा तोडफोड,१ सय ५० हिन्दू परिवारको घरमा डकैती र पाँच जना पूजारीको हत्या गरेको विषयलाई लिएर जय महांकाल समूहले बिरोध गर्दै आएको छ ।

समूहले मानवअधिकारको सर्टिफिकेट बिक्री गर्ने कथित मानवअधिकारवादी संगठन कता छन् ? हिन्दुत्वको नाराले सत्ता सेयर गरिरहेका योगी मोदीहरु कता छन् ?, नेपाललाई हिन्दू राष्ट्र बनाउन ठेक्का लिएका ठेकेदारहरु कता छन् ?, विश्व हिन्दू महासंघ कता छन् ?, बंगलादेशमा हिन्दूहरुमाथि भइरहेको जेहादी आक्रमण बन्द गर लगायतका नारासहित सामाजिक सञ्जालमार्फत् बिरोध तथा ध्यानाकर्षण गराएका छन् ।

यसअघि पनि बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि अत्याचार भएको भन्दै उक्त समूहले हिजो काठमाडौंस्थित बंगलादेशको राजदूतावासमा बिरोधपत्र बुझाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*