आज कोजाग्रत पूर्णिमा, १५ दिनसम्म मनाइएको दसैं समापन
आज कोजाग्रत पूर्णिमा, नेपालीहरूको महान पर्व बडादसैं आजैबाट समापन हुँदैछ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैंको अन्तिम दिन पनि जारी छ।
आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै ९अखिल० बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैं समापन हुन्छ।







